PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

धनुषामा मृत्युपछि शवसमेत अन्त्येष्टि गरिसकेका पुरुषको कोरोना रिपोर्ट आयो पोजेटिभ, मलामीलाई राखियो क्वारेन्टाइनमा



सुमित मिश्र

धनुषामा मृत्युपछि शवसमेत अन्त्येष्टि गरिसकेका पुरुषको कोरोना रिपोर्ट आयो पोजेटिभ, मलामीलाई राखियो क्वारेन्टाइनमा

जनकपुरधाम : धनुषामा थप एक जनामा मृत्युपछि कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार जनकपुरधामको काव्या हस्पिटलमा मृत्यु भएका पुरुषमा कोराना संक्रमण हुनसक्ने आशंकामा उनको स्वाब संकलन गरिएको थियो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जाँच गर्दा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता विजय झाले जानकारी दिए।

मधुमेहका रोगी रहेका पुरुषको सुगरको मात्रा उच्च रहेको र अक्सिजनको मात्रा कम भएपछि शुक्रवार उनलाई जनकपुरधामको काव्या हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार गर्दा शनिवार विहान ८ बजे मृत्यु भएको थियो। मृतकको कुनै ट्राभल हिस्ट्री छैन।

उनको मृत्युपछि शव आफन्तले बुझेर जनकपुरको स्वर्गद्वारीमा शनिवार करिब १२ बजे अन्तिम संस्कार गरिसकेका छन्। मलामी गएकाहरुलाई होम क्वारेनटाइनमा बस्न आग्रह गरिएको छ। आज पुष्टि भएका मृतकसँगै धनुषामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell