PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

विवाद समाधान गर्न गठन भएको कार्यदल नेकपा सचिवालयबाट अनुमोदन



विवाद समाधान गर्न गठन भएको कार्यदल नेकपा सचिवालयबाट अनुमोदन
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विवाद समाधानका लागि गठन गरेको कार्यदल अनुमोदन गरेको छ। शुक्रवार विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले ६ सदस्यीय कार्यदल गठन गरेका थिए।

वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले कार्यदल गठनबारे असन्तुष्टि जनाएपछि कार्यदल अनुमोदनका लागि सचिवालयको माग गरेका थिए। संकट समाधानका लागि गठन गरिएको कार्यदल सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिए।

'सचिवालय वैठकले केही समययता पार्टीमा देखा परेका समस्या समाधानका र संकटको निकासका लागि भइरहेको छलफललाई ब्यवस्थित ढंगले अगाडि बढाएर अध्यक्ष कमरेडहरु ओली र प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न पहल गर्नुभयो र बैठकले सकारात्मक रुपमा लिँदै। कार्यदललाई बैठकले अनुमोदन गरेको छ,' उनले भने।

श्रेष्ठले कार्यदलले दिएको सुझावका आधारमा पार्टीमा देखिएको विवाद समाधान हुने बताए। विवाद छिटोभन्दा छिटो समाधानका लागि काम भइरहेको उनको भनाइ छ। उनले प्रधामन्त्रीले दिएको समय सीमाकै अनुसार विवाद समाधानका लागि पहल भइरहेको श्रेष्ठले जानकारी दिए। 'उहाँले भनेअनुसार नै विवाद समाधानका लागि पहल भइरहेकाो छ,' उनले भने।

कार्यदलमा महासचिव विष्णु पौडेल, जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell