PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेशसभाबाट सर्वसम्मत पारित प्रदेश सञ्चार विधेयक त्रुटिपूर्ण, प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता



सुमित मिश्र

प्रदेशसभाबाट सर्वसम्मत पारित प्रदेश सञ्चार विधेयक त्रुटिपूर्ण, प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता

जनकपुरधाम : प्रदेश नम्बर २ को प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखको कार्यालयबाट त्रुटिपूर्ण रहेको भन्दै फिर्ता पठाइएको छ।

प्रदेश सभाबाट सर्वसम्मतले पारित गरेको प्रदेश सञ्चार विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनहरु समेत नमिलेकाले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सरकारलाई फिर्ता पठाइएको हो।

प्रदेश सरकारले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ लाई पूर्ण रुपमा बेवास्ता गरी पत्रकारितामाथि नै अंकुश लगाउने खालका प्रावधानहरु राखी गुपचुपमा प्रदेश सभाबाट पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष पठाइएको थियो। तर सो प्रदेश सञ्चार विधेयक प्राविधिक त्रुटि रहेको र शब्द संयोजनलगायतका विभिन्न दफा उपदफामा केहि त्रुटि रहेकाले सच्याउन आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पदम विश्वकर्माले जानकारी दिए।

यता नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले प्रदेश सरकार प्रेसमाथि अंकुश लगाएको र प्रेस विरोधी रहेको भन्दै सो विधेयक फिर्ता लिन पछिल्ला समय विभिन्न खालका दबावमुलक कार्यक्रहरु गर्दै आएका थिए।

यस विधेयकमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी, नेपाल पत्रकार महासंघलाई समावेश गर्नुपर्ने, प्रेसमैत्री विधेयक बनाउनुपर्ने लगायतका मागहरु राखेर आन्दोलित रहेको महासंघका प्रदेश महासचिव किरण कर्णले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell