PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

आईसीयूमा उपचाररत धनुषाका कोरोना संक्रमित पुरुषको मृत्यु, दमका रोगी थिए



सुमित मिश्र

आईसीयूमा उपचाररत धनुषाका कोरोना संक्रमित पुरुषको मृत्यु, दमका रोगी थिए

जनकपुरधाम : धनुषामा कोभिड १९ बाट संक्रमित थप एक जनाको मृत्यु भएको छ।

प्रादेशिक अस्पताल जनकपुरको कोभिड १९ विशेषको आइसोलेसन कक्षमा उपचाररत जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय पुरुषको सोमबार करिब १२ बजेको समयमा मृत्यु भएको हो।

श्वासप्रश्वास, रुघाखोकीबाट ग्रस्त रहेका संक्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। मृतक साउन ३१ गते अस्पताल भर्ना भएका थिए।

दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा आज उनको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell