PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'कन्ट्याक्ट ट्रेसिङ' गर्दा वाग्मती प्रदेश सभाकी उपसभामुखलाई देखियो कोरोना



'कन्ट्याक्ट ट्रेसिङ' गर्दा वाग्मती प्रदेश सभाकी उपसभामुखलाई देखियो कोरोना

वाग्मती : वाग्मती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ।  कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको तामाङकी स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन्।

उपसभामुख तामाङ अहिले आफ्नै निवासमा आइसोलेसनमा छिन्। कोरोना सङ्क्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको थापाले बताइन्।

पहिलोपटक जाँच गर्दा उपसभामुख तामाङमा कोरोना नेगेटिभ देखिएको थियो। नुवाकोट दुप्चेश्वर गाउँपालिकाका एक जनप्रतिनिधिसँग भेटपछि उनले कोरोना आशंका गरेकी थिइन्। ती जनप्रतिनिधिमा कोरोना देखिएपछि तामाङले दुई पटक कोरोना जाँच गराएकी हुन्।

'केही दिन अगाडि दुप्चेश्वोर गाउँपालिका वडा न ६ का वडाध्यक्षको पनि कोरोना पोजेटिभ देखिएको र भेटघाट गरेको हुँदा उपसभामुखले पीसीआर चेक गराउनुभएको थियो,' उपसभामुखकी स्वकीय सचिव थापाले लेखेकी छिन्, 'उहाँको अवस्था अहिले सामान्य नै रहेको छ।

तामाङसँगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell