PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सात झोलंगे र एक पक्की पुल बगाएको बाढीमा परी ११ जना अझै बेपत्ता, 'बाढी त सुनामीको स्टाइलमा आइदियो'



सात झोलंगे र एक पक्की पुल बगाएको बाढीमा परी ११ जना अझै बेपत्ता, 'बाढी त सुनामीको स्टाइलमा आइदियो'

काठमाडौं : अछामको रामारोशन गाउँपालिका शान्तडाको शैनीबजारमा बाढीमा परी हराइरहेकामध्ये ६ जनाको शव निकालीएको छ। अझै ११ जना हराइरहेको रामारोशन गाउँपालीकाका अध्यक्ष झंकरबहादुर साउदले जानकारी दिए।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको पहलमा ६ जनाको शव निकालीएको हो। कैलाश खोलाको किनारमा रहेको बजार बाढीले बगाएको हो। राति सुतेको बेला एक्कासी बाढी आउँदा मानवीय क्षति भएको साउदले बताए।

काठमाडौंबाट नेपाली सेनाका हेलिकप्टर पनि अहिले खोज तथा उद्धारका लागि घटनास्थलमा पुगेको छ।

बाढीले ७ वटा झुलंगे र एक पक्की पुल बगाएको साउदले जानकारी दिए।

बाढी गएको ठाउँभन्दा माथि साना ठुला गरी १२ वटा ताल छन्। साउदले अहिले बाढी आएको ठाउँमा आफूले कहिल्यै बाढी आएको नदेखेको बताए। उनले सय वर्ष अघि ताल फुटेर बाढी आएको भन्ने आफूले सुनेको बताए।

'सय बर्ष अगाडि ताल फुटेर बाढी आएको भन्ने बुढापाका सुनाउछन्। नत्र त्यो भन्दा यता कहिल्य बाढी आएको भन्ने सुनेको र दखेको छैन,' उनले भने।

बाढी आउदा बगेर आएका ढुंगा र रुखहरुले बढी क्षति गरेको उनले बताए। 'बगेर आएका रुख र ढुंगाहरुले धेरै क्षति गर्‍यो। अहिले पानीमा ढुंगा बगेकाो देखिन्छ। अहिले पनि ठुल ठुला रुखहरु बाढीले बगाइनै रहेको छ। बाढी त सुनामीको स्टाइलमा आइदियो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell