PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सांसद बोगटीलाई कोभिड १९ संक्रमण, पुगे कीर्तिपुरको आइसोलेसनमा



सांसद बोगटीलाई कोभिड १९ संक्रमण, पुगे कीर्तिपुरको आइसोलेसनमा
फाइल फोटो

काठमाडौं: अछामका सांसद यज्ञबहादुर बोगटीलाई कोभिड १९ संक्रमण पोजेटिभ देखिएको छ। साउन ३० गते उनको स्वाब संकलन गरिएकोमा ३२ गते नेगेटिभ रिपोर्ट आएको थियो।

तर भदौ २ गते भने पोजेटिभ रिपोर्ट आएको बोगटीले बताए। '३० गते स्वाब दिएकोमा ३२ गते नेगेटिभ आएको थियो। फेरि हिजो पोजेटिभ आएछ,' उनले भने।

उनी अहिले कीर्तिपुरको त्रिवि कृषि अनुसन्धान तालिम केन्द्रको आइसोलेसनमा छन्। आफ्नै घरमा आइसोलेसन बस्ने अवस्था नभएकाले कीर्तिपुरको आइसोलेसनमा आएको उनले बताए। 'घरमा बाथरुम एउटै छ। बच्चाहरु छन्। उतै बस्दा अलि समस्या हुने भएकाले म कीर्तिपुर आएको हुँ,'उनले भने।

बोगटीले आफूलाई कोभिड संक्रमणको लक्षण नै नदेखिएको बताए। 'लक्षण केही पनि थिएन। अहिले तातोपानी पिउने खाने बस्ने गरेको छु। त्यस्तो केही छैन्,' उनले सुनाए।

उनी अछाम जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधि सभा निर्वाचित ‍सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell