PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

हलिउड अभिनेता बेन क्रसको निधन



हलिउड अभिनेता बेन क्रसको निधन

हलिउड अभिनेता बेन क्रसको निधन भएको छ। चारियट्‍स अफ फायरमा हारोल्ड अब्राहम्सको अभिनय गरेपछि चर्चित भएका क्रसको ७२ वर्ष उमेरमा निधन भएको हो।

क्रसकी छोरी लउरेनले फेसबुकमार्फत आफ्नो बुवाको निधन भएको पुष्टि गरेकी हुन्। उनको स्वास्थ्य केही देखि बिग्रिरहेको र गत हप्तादेखि उनको अवस्था थप जटिल बन्दै गएको थियो।

उनले केही समयअघिमात्रै हरर फिल्म द डेभिल्स लाइटको सुटिङ सकाएका थिए। यही वर्षको अन्त्यतिर नै रोमान्टिक ड्रामा लास्ट लभर फ्रम यर लभमा मुख्य भूमिकामा देखिएका थिए।

क्रसले एचबीओले निर्माण गरेको पहिलो मिनि सिरिज द फार प्याभिलियन्स र हरर सिरिज डार्क स्याडोजमा समेत अभिनय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell