PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, चिन्ह उदाउँदाे सूर्य



नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, चिन्ह उदाउँदाे सूर्य

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्सवादी लेनिनवादी (नेकपा एमाले) निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पार्टी आज दर्ता भएको हो। पार्टीको चिन्ह उदाउँदो सूर्य रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

विराटनगरकी सन्ध्या तिवारीको अध्यक्षतामा असारमा आयोगमा दल दर्ताको निवेदन परेको थियो।

नेकपा एमालेको नाममा दल दर्ताको निवेदन दर्ता परेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको एजेण्डा नै मोडिएको थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा एमाले दर्ताको निवेदन दिइएको आरोप लगाएका थिए। त्यसो त प्रचण्डले एक सार्वजनिक कार्यक्रममा नै ओलीको पहलमा पार्टी दर्ता भएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell