PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु, थपिए ६८१ नयाँ संक्रमित



कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु, थपिए ६८१ नयाँ संक्रमित

काठमाडौं: थप ६ सय ८१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षणमा बुधवार ६ सय ८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको बताए।

हालसम्म संक्रमित संख्या २८ हजार ९ सय ३८ छ। देशभर १७ हजार ७०० जना कोभिड १९ संक्रमणबाट मुक्त भएका छन्।  मृत्यु हुनेको संख्या १ सय २० रहेको मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell