PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कोरोना संक्रमित उपचारका लागि बेड नछुट्याउने अस्पतालको पीसीआर ल्याब अनुमति खारेज हुने



कोरोना संक्रमित उपचारका लागि बेड नछुट्याउने अस्पतालको पीसीआर ल्याब अनुमति खारेज हुने

काठमाडौं: सरकारले सबै अस्पताललाई कोभिड १९ संक्रिमितको उपचारका लागि बेड र जनशक्ति तयार अवस्थामा राख्न अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा अब कुनै पनि अस्पताललाई गैर कोभिडका बिरामीको मात्र उपचार गर्छु भन्ने छुट नभएको बताए।

कोभिडका बिरामी बढ्दै जाँदा अरु खालका बिरामीमा पनि संक्रमण हुने भएकाले त्यस्तो अवस्थामा अस्पतालले बिरामीलाई ट्रान्सफर गर्न नसक्ने उनले बताए। निजी अस्पतालले कोभिडका लागि २० प्रतिशत र मेडिकल कलेजलाई ८० प्रतिशत बेड छुट्याउन सरकारले निर्देशन दिएको हो।

'के गर्नुहुन्छ। बिरामीको पहिचान भयो भने बिरामीलाँई मर्न दिनुहुन्छ। घर पठाँउनुहुन्छ? सक्नुहुन्न,' उनले भने। मन्त्रालयले एक तिहाइ बेड नछुट्याएका अस्पताललाई ल्याब सञ्चालनका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell