PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

धनुषामा थप एक जनामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि



सुमित मिश्र

धनुषामा थप एक जनामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि

जनकपुरधाम : धनुषामा थप एक जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। धनुषाको नगराईन नगरपालिकामा रहेको एक निजी विद्यालयका सञ्चाचालक समेत रहेका ५० वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हो।

बिहीवार उनको अचानक स्वास्थ्य अवस्था बिग्रिएर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गर्दा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो। उनको उपचार त्यहाँ सम्भव नभएपछि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

उनलाई प्रादेशिक अस्पतालमा उपचारको लागि ल्याएकै बेला स्वाब लिएको थियो भने आज उनको रिपोर्ट पोजिटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए। यता मृतकको विहीवार नै दाहसंस्कार समेत भइसकेकाले उपचारको क्रममा उनीसँगै रहेका उनका श्रीमती र भान्जासहित मलामी जाने सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताइएको छ।

सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह समेत गरिएको छ। मृतक मुटु तथा थाइराइडका रोगी थिए। कोरोनाबाट धनुषामा अहिलेसम्म १० जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell