PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

सरकारलाई मानवअधिकार समितिको निर्देशन, ‘७७ वटा जिल्लाबाट नै पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नु’



सरकारलाई मानवअधिकार समितिको निर्देशन, ‘७७ वटा जिल्लाबाट नै पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नु’

काठमाडौं : प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड १९ संक्रमण देशभर फैलिरहेको अवस्थामा ७७ वटा जिल्लामा नै पीसीआर विधिबाट स्वाब संकलन गर्ने व्यवस्था सरकारलाई निर्देशन दिएको छ।

शुक्रवार समितिका सभापति कृष्णभक्त पोखरेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकले कोभिड१९ संक्रमण फैलिएकाले ७७ जिल्लाका सदरमुकामबाट पीसीआर परीक्षण गर्ने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिइएको हो। साथै कन्ट्याक्ट ट्रेसिङको कार्यलाई पनि प्रभावकारी र व्यवस्थित गराउन सरकारलाई समितिले भनेको छ।  

यस्तै, कोभिड १९ संक्रमित संख्या बढ्दै गइरहेको अवस्थामा तत्काल १० हजार भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न पनि समितिले सरकारलाई भनेको छ। यी सामाग्रीहरु सातै प्रदेशमा सन्तुलित र समानुपातिक ढंगले वितरण गर्न र आवश्यक्ताका आधारमा दक्ष जनशक्ति नियुक्त गर्न समेत भनिएको छ।

कोभिड १९ को उपचारका लागि डेडिकेटड अस्पतालको संख्या बढाउन पनि समितिले सरकारलाई भनेको छ।  नन- कोभिड बिरामीको उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्वसावधानी र उचित सतर्कता अपनाउन पनि भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell