PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

अन्त्येष्टि गरिएको दुई दिनपछि कोभिड-१९ को संक्रमण पुष्टि, मलामी खोज्दै प्रहरी



सुमित मिश्र

अन्त्येष्टि गरिएको दुई दिनपछि कोभिड-१९ को संक्रमण पुष्टि, मलामी खोज्दै प्रहरी
फाइल फोटो

जनकपुरधाम : सिरहामा मृत्यु भएर अन्त्येष्टि गरि सकेका थप एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि मृत्यु भएको छ। भदौ ३ गते मृत्यु भएर अन्त्येष्टि गरिसकेका सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषमा शुक्रवार राति संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए।

‘ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो। उनी मधुमेह र उच्च रक्तचापका बिरामीसमेत थिए र उनको ३ गते मृत्यु भयो। सामान्य तरिकाले अन्त्येष्टि गरियो र अन्त्येष्टिको २ दिनपछि रिपोर्ट पोजेटिभ आएको हो,' कणेलले भने, ‘मलामी जानेहरुको पहिचान गरेर क्वारेनटाइनमा राख्ने तैयारी भैरहेको छ। क्वारेनटाइनमा उनीहरु ५ दिन बसी सकेपछि उनीहरुको स्वाब संकलन गरिने छ।’

अन्त्येष्टिको क्रममा एकजनाले भिडियो लिएको हुनाले मलामी जानेहरुको पहिचान गर्न सजिलो भएको प्रजिअ कणेलले बताए। उनले भिडियोमा २५ देखि ३० जना मलामी गएको देखिएको जानकारी दिए। योसँगै सिरहामा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell