PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेकपामा देखिएको विवाद कसरी समाधान गर्ने? कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन



नेकपामा देखिएको विवाद कसरी समाधान गर्ने? कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधान गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। शनिवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा कार्यदलले प्रतिवेदन बुझाएको हो।

कार्यदलले पार्टी विवाद समाधानका लागि मन्त्रिमण्डल पुनर्गठन, मुख्यमन्त्री हेरफेर र राजनीतिक नियुक्तिमा बाँडफाँडको मस्यौदासहितको प्रतिवेदन बुझाएको छ।

विवाद बढ्दै गएपछि ओली र प्रचण्डले गत शुक्रवार ६ सदस्यीय कार्यदल गठन गरेका थिए। सोमबारको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको थियो। 

महासचिव विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदलमा शंकर पोखेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell