PahiloPost

Feb 14, 2026 | २ फागुन २०८२

ढुंगाले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ, बुवा गम्भीर घाइते



सुमित मिश्र

ढुंगाले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ, बुवा गम्भीर घाइते

जनकपुरधाम : सर्लाहीमा एक युवकको ढुंगा प्रहारबाट उनकी आमाको मृत्यु भएको छ भने बुवा गम्भीर घाइते भएका छन्। सर्लाहीको लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजवीर पासवानलाई शनिवार राति प्रहरीले आमाको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ।

पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीय उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुंगा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो। टाउकोमा चोट लागी गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ।

घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजवीरलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell