PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

बिरामीको उपचारमा कमजोरी नगर्न क्विक रेस्पोन्स् टिमको ध्यानाकर्षण



सुमित मिश्र

बिरामीको उपचारमा कमजोरी नगर्न क्विक रेस्पोन्स् टिमको ध्यानाकर्षण

जनकपुरधाम :  कोरोना महामारी रोकथाम एवं नियन्त्रणमा समन्वय गर्न स्थानीय युवाहरुले सञ्चालन गरेको स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोन्स टिमले प्रादेशिक अस्पतालका चिकित्सकहरुको ध्यानाकर्षण गराएका छन्।

उनीहरुले प्रादेशिक अस्पतालका मेसु डा.नागेन्द्र यादव, कोभिडका इन्चार्ज डा.जामुनप्रसाद सिंह र रेडक्रसका प्रमुख नरेशप्रसाद सिंहसँग भेटी बिरामीलाई रगतको आवश्यकता, एम्बुलेन्सको उपलब्धता र उपचारमा कमिकमजोरी नगर्न ध्यानाकर्षण गराएका हुन्। 

कोरोना महामारीविरुद्धको यस लडाइमा प्रदेश सरकार असक्षम र सुस्त रहेको तथा सरकारी संयन्त्रले काम कारबाहीलाई गतिलो, उपयोगी र पारदर्शी बनाउन नसकेको उनीहरुले गुनासो गरेका थिए।

यसअघि उनीहरुले प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीसँग समेत भेटघाट गरी पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेन्टाइन आइसोलेसनको संख्या वृद्धि गर्न, प्रादेशिक अस्पताल जनकपुरको बेथितिलाई सुधार गर्न, छुट्टै कोभिड अस्पताल व्यवस्थापन गर्न, अस्पतालहरुमा आइसियु र भेन्टिलेटर थप्न, डाइलासिस हुन नपाएर मृत्यु भएका प्रमोद महतोको परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन र घटनामा संलग्न दोषीलाई कारबाही गर्नलगायतका समस्याहरुको शीघ्र समाधान गर्न आग्रह गरेका थिए।

चिकित्सकहरुसँगको भेटघाटमा क्विक रेस्पोन्स टिमका मनोज साह, जिबनाथ चौधरी, राकेशविक्रम साह, दिपक ठाकुर, डा.बिजय साह, चन्दन राय, सत्यम सिंह, डा.राजु साह, अभिनाश सिंह राजपुत, बलराम गुप्तालगायतकाहरुको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell