PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

आइसोलेसनमा ल्याउँदा ल्याउँदै संक्रमितको गयो ज्यान, महोत्तरीमा एकै दिन दुईको मृत्यु



सुमित मिश्र

आइसोलेसनमा ल्याउँदा ल्याउँदै संक्रमितको गयो ज्यान, महोत्तरीमा एकै दिन दुईको मृत्यु

जनकपुरधाम : महोत्तरीमा कोरोना संक्रमित भएका २ जनाको मृत्यु भएको छ। दुवैको आज मृत्यु भएको हो।

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। कोभिड १९ व्यवस्थापन समितिका फोकल पर्सन गिरेन्द्र झाका अनुसार उनी दीर्घरोगी थिए।

'उनी क्यान्सर रोगी थिए, उनको उपचार चितवनस्थित भरतपुर अस्पतालमा हँदै थियो,' उनले भने। भदौ ३ गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो। उनलाई उपचारका लागि जलेश्वर स्थित आइसोलेशनमा ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको हो।

त्यस्तै, बलवा नगरपालिका वडा नम्बर ३ बस्ने ७७ वर्षीय एक पुरुषको समेत कोराना संक्रमणबाट मृत्यु भएको छ। जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो। उनमा भदौ ६ गते कोरोना संक्रमण देखिएको झाले जानकारी दिए। उनको ढाडमा लामो समयदेखि समस्या रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell