PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

जनकपुरमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, एक गम्भीर घाइते, चालक फरार



सुमित मिश्र

जनकपुरमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, एक गम्भीर घाइते, चालक फरार

जनकपुरधाम : जनकपुरमा सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१३ पिडारीचोकदेखि कुर्था जाने बाटोमा दिउँसो करिव पौने ३ बजे ज १ च १८०१ नम्बरको पिकअपले विपरित दिशातर्फबाट गईरहेको प्रदेश २–०३–००१ प २२७५ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.४ बस्ने २२ वर्षीय कलाम नदाफको मृत्यु भएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ।

पिकअपले विपरित दिशातर्फबाट आइरहेको मोटसाइकललाई ठक्कर दिँदा चालक नदाफ सडकबाट करिब ५ फिट तल झरेका थिए। घाइते नदाफलाई उपचारका लागि प्रादेशिक अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का २८ वर्षीय अजाबुल मन्सुर राईनको दाहिने खुट्टा भाँचिएको छ। घाइते मन्सुरलाई उपचारका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ। मोटरसाइकललाई ठक्कर दिने पिकअपका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell