PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

अशान्त अमेरिका : रंगभेदविरुद्ध आन्दोलनमा गोली लागेर दुईजनाको मृत्यु, ट्रम्पले पठाए नेशनल गार्ड



अशान्त अमेरिका : रंगभेदविरुद्ध आन्दोलनमा गोली लागेर दुईजनाको मृत्यु, ट्रम्पले पठाए नेशनल गार्ड

अमेरिकाको केनोसामा रंगभेदविरुद्धको आन्दोलनको क्रमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ।  प्रहरीले गोली चलाएको अभियोगमा एकजनालाई नियन्त्रणमा लिएको छ। १८ वर्षीय युवकको नाम भने सार्वजनिक गरिएको छैन।

प्रहरीले आइतबार एक अश्वेत युवकलाई नियन्त्रण लिने क्रममा गोली चलाएपछि सुरु भएको प्रदर्शनले हिंसात्मक स्वरुप लिएको छ।

केनोसामा प्रदर्शन उग्र बन्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ नेशनल गार्ड पठाएको घोषणा गरेका छन्।

केनोसामा तीनदिन देखि रंगभेदविरुद्ध विरोध प्रदर्शन भइरहेको छ। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच विभिन्न स्थानमा झडप भइरहेका छन्। प्रहरीले सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell