PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

धनुषामा मृत्युपछि थप एक जनामा कोराना संक्रमण पुष्टि



सुमित मिश्र

धनुषामा मृत्युपछि थप एक जनामा कोराना संक्रमण पुष्टि

जनकपुरधाम : धनुषामा मृत्युपश्चात् थप एक जनामा कोराना संक्रमण देखिएको छ। जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४ को एक पुरूषमा मृत्युपश्चात् कोराना संक्रमण पुष्टि भएको हो।

मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४ बस्ने प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएका ४५ वर्षीय पुरूषको कोरोना रिपोर्ट आज  पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देसनालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए।

झाले भने मृतक क्षयरोग र मधुमेह रोगी थिए। उनलाई उपचारको लागि बुधवार प्रादेशिक अस्पतालमा ल्याइएको थियो त्यही उनको स्वाब संकलन गरिएको थियो र आज उनको रिपोर्ट पोजेटिभ आयो। योसँगै धनुषामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell