PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

सिमान्तको कथा ‘याम्बुनेर’ लिएर आइन् बिना थिङ



सिमान्तको कथा ‘याम्बुनेर’ लिएर आइन् बिना थिङ
तस्विर : बिना थिङ/ फेसबुक

काठमाडौं : साहित्यकार बिना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’  सार्वजनिक भएको छ।

करिब एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय थिङको पुस्तक बुधबारदेखि बजारमा उपलब्ध भएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ।   

बैशाखमा नै प्रकाशन हुने बताइएको किताब लकडाउनका कारण रोकिएको थियो। अहिले भने निषेधाज्ञाबीच पुस्तक प्रकाशन गरिएको हो। हाल पुस्तक पसलहरु बन्द नै रहेको अवस्थामा अनलाइन माध्यमबाट पुस्तक उपलब्ध हुने फिनिक्स बुक्सले जनाएको छ।

थिङको कथा संग्रहमा १३ वटा कथाहरु रहेका छन्। संग्रहमा मूलतः राज्यतहबाट सिमान्तमा पारिएको समुदायको कथा समेटिएको छ।

थिङ भन्छिन्, ‘यो सिमान्त समुदायको दुःख, कष्ट, पीडा मात्रै होइन उनीहरुको संघर्षको पनि कथा हो। यी कथामा सिमान्त समुदायमाथी भएका विभेद मात्र नभई त्यो समुदायले गरेको संघर्ष पनि अभिव्यक्त गर्ने प्रयास गरेको छु।’

पुस्तकको नामाकरणबारे कथाकार थिङ यस्तो भन्छिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ। यो याम्बुको किनारमा छ तामाङ समुदाय। उपत्यका बाहिरबाट हेर्दा त यो पनि याम्बुकै अंग जस्तो लाग्छ तर यो समुदायले नेपाल राज्य निर्माणदेखि नै आफूलाई किनारामा पाएको छ। त्यो किनारीकृत भाव सम्प्रेषण होस् भनेरै याम्बुनेर नामाकरण गरिएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell