
जनकपुरधाम : प्रदेश २ मा पछिल्ला २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा सबै भन्दा बढी बारामा ५ जनाको मृत्यु भएको छ।
बारामा ४२, ५९, ७० र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ भने बाराकै सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दियाकी २३ वर्षीय एक गर्भवति महिलाको संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
यस्तै, प्रदेशको पर्सा जिल्लामा २ जना पुरुषको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा सुपौलीका एक जना ६८ वर्षीय पुरुष र वीरगंज उपमहानगरपालिका-१४ बहुअरीका ६२ वर्षीय पुरुष रहेका छन्।
धनुषामा पनि कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।
योसँगै प्रदेशभरि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रदेश २ मा सबै भन्दा बढी पर्सामा ३० जना, बारामा १२ जना, धनुषामा १२ जना, सप्तरीमा ५ जना, सिरहामा ४ जना, महोत्तरी, सर्लाहीमा र रौतहटमा ३/३ जनाको मृत्यु भएको छ।