PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

श्रृंखलावद्ध हत्याका घटनाबारे नेविसंघको ध्यानाकर्षण, 'सत्यतथ्य बाहिर ल्याउ'



श्रृंखलावद्ध हत्याका घटनाबारे नेविसंघको ध्यानाकर्षण, 'सत्यतथ्य बाहिर ल्याउ'

काठमाडौं: रौतहट र मोरङमा प्रहरी नियन्त्रणमा रहेका दुई जनाको मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न नेपाल विद्यार्थीसंघ (नेविसंघ)ले माग गरेको छ।  

रौतहट र मोरङमा दुई युवाहरूको शंकास्पद ढंगले भएको मृत्यु प्रति ध्यानकर्षण भएको संघले जनाएको छ।

'रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिन देखि हिरासतमा रहेका १९ वर्षिय स्वस्थ र हट्टाकट्टा युवक विजय महराको अकस्मात वीरगंजको एक अस्पतालमा भएको निधन अत्यन्त अप्रत्यासित र अस्वभाविक छ,' नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले भने।

मृत्युबारे अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउन उनले माग गरे।

त्यस्तै मोरङको जिल्ला कारागारमा रहेका २६ वर्षका युवा निराजन यादवको कोशी अस्पताल पुर्‍याए लगत्तै भएको मृत्यु भएको थियो।

यस्तै धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको थियो।

रौतहटको माधवनारायण नगरपालिकामा मन्दिरका पूजारी राम साहको हत्या भएको केही समय लगत्तै उस्तै प्रकृतिका घटनाहरु दोहोरिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell