A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.698ff8a93d05e4.28826113): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.698ff8a93d05e4.28826113,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.698ff8a93d49d7.59052184): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.698ff8a93d49d7.59052184,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

प्रदेश २ मा कोरोना भाइरसको संक्रमणका कारण शुक्रवार ५ जनाको मृत्यु
PahiloPost

Feb 14, 2026 | २ फागुन २०८२

प्रदेश २ मा कोरोना भाइरसको संक्रमणका कारण शुक्रवार ५ जनाको मृत्यु



सुमित मिश्र

प्रदेश २ मा कोरोना भाइरसको संक्रमणका कारण शुक्रवार ५ जनाको मृत्यु
फाइल फोटो।

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमणबाट शुक्रवार ५ जनाको मृत्यु भएको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ४ पुरुष र १ जना महिला गरी ५ जनाको मृत्यु भएको हो।

बिहीवार प्रदेशमा सबै भन्दा बढी महोत्तरी जिल्लामा ३ जनाको मृत्यु भएको छ। महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ४ का ३७ वर्षीय एक पुरुष, सोही नगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय एक बृद्ध र भङ्गहा नगरपालिका वडा नम्बर २ सिङ्गयाहीका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यस्तै, सिरहा र बारामा १/१ जनाको मृत्यु भएको छ। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ का ६५ वर्षीया एक महिला र बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का ७७ वर्षीय एक बृद्धको आज कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता विजय कुमार झाले जानकारी दिए।

योसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ। प्रदेश २ को सबै भन्दा बढी पर्सामा ३० जना, बारामा १३ जना, धनुषामा १२ जना, सप्तरी र सिरहामा ५/५ जना, महोत्तरीमा ६ जना, सर्लाहीमा र रौतहटमा ३/३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। बिहीवार कोरोना संक्रमणबाट यस प्रदेशका ८ जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell