PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

धनुषामा बिहीवार राति मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि



सुमित मिश्र

धनुषामा बिहीवार राति मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि
फोटो : अस्पताल स्रोत।

जनकपुरधाम : कोरोना संक्रमणका कारण धनुषामा थप एक जनाको मृत्युु भएको छ। बिहीवार राति साढे ११ बजे मृत्यु भएका नगराईन नगरपालिका वडा नम्बर ७ डेवडिहाका ६५ वर्षीय पुरुषमा मृत्यु पश्चात आज कोरोना संक्रमण पुष्टि भएको कोभिड-१९ विशेष अस्पताल धनुषाका संयोजक डा जामुन प्रसाद सिंहले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार प्रादेशिक अस्पतालमा भर्ना भएका पुरुषलाई थप उपचारको लागि धरानस्थित विपी मेमोरियल अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको सिंहले बताए। मृत्यु भएपछि पुनः प्रादेशिक अस्पतालमा ल्याई स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।

मृतक लामो समय देखि मुटु रोग, दम, मधुमेहका बिरामी थिए। ‌धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणबाट खटेको टोलीले डेवडीहामा उनको शव कार्यविधि अनुसार व्यवस्थापन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell