PahiloPost

May 16, 2026 | २ जेठ २०८३

महोत्तरीका थप दुई जनामा मृत्युपछि देखियो कोरोना, जिल्लामा मर्नेको संख्या ८ पुग्यो



सुमित मिश्र

महोत्तरीका थप दुई जनामा मृत्युपछि देखियो कोरोना, जिल्लामा मर्नेको संख्या ८ पुग्यो

जनकपुरधाम : महोत्तरीका २ जनामा मृत्यु पश्चात कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष र पीपरा गाउँपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुषको मृत्युपछि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ कोभिड १९ विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुनप्रसाद सिंहले जानकारी दिए।

उपचारको क्रममा बर्दिवासमा रहेका पिपरा गाउँपालिकाका ७० वर्षिय पुरुषलाई थप उपचारको लागि शनिबार बिहान प्रादेशिक अस्पताल ल्याइएलगत्तै उनको मृत्यु भएको डा. सिंहले बताए। उनका अनुसार भंगहा नगरपालिका एकका पुरुषको पनि उपचारकै क्रममा आज बिहान प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। मृत्युपछि दुबैको रिपोर्ट पोजेटिभ आएको डा. सिहले जानकारी दिए।

हाल उनीहरुको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। नेपाली सेनाबाट शव व्यवस्थापन गर्ने तैयारी भइरहेको छ। यो संगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell