PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'सम्धी प्रकरण'मा प्रधानमन्त्रीले गरे ईश्वर पोखरेलको बचाउ



'सम्धी प्रकरण'मा प्रधानमन्त्रीले गरे ईश्वर पोखरेलको बचाउ

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सम्धी प्रकरणमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको बचाउ गरेका छन्।

जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ओलीले प्रतिस्पर्धा गरेर आएको व्यक्तिको सम्बन्धलाई अरु नेतासँग जोड्नु गलत भएको बताएका हुन्।

मन्त्रिपरिषदले पोखरेलको सम्धी डा उपेन्द्र कुमार कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेपछि पोखरेलको आलोचना भइरहेको बेला छ।

त्यसैबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, 'सम्धी हुनु भन्दा पहिला नै पीएचडी गरेको, भिसी हुन गएको व्यक्ति हो। सम्धी पछि भए। प्रतिस्पर्धा गरेर आएका होलान। ईश्वर पोखरेलसँग किन जोडियो?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell