PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विप्लव नेतृत्वको नेतालाई छाड्न सर्वोच्चको आदेश



विप्लव नेतृत्वको नेतालाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं:  सर्वोच्च अदालतले नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई रिहा गर्न आदेश दिएको छ।

नेकपाका उमा भुजेल र सुमन पौडेललाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो।

सम्बन्धित जिल्ला अदालतका न्यायाधीशको रोहबरमा छाड्न भनिएको बताइएको छ।

भुजेल सप्तरी र पौडेल सुनसरीको प्रहरी हिरासतमा छन्। नेकपालाई सरकारले बन्देज लगाएपछि प्रहरीले नेता कार्यकर्तालाई पक्राउ गरेर मुद्दा चलाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell