PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

प्राप्त स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन



सुमित मिश्र

प्राप्त स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले जिल्लाहरुमा उपलब्ध गराएको स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्।

महामारी नियन्त्रणको लागि आवश्यक सल्लाह सुझाव लिन सिरहाको लहानमा आयोजित सिरहा र सप्तरीका सरोकारवालाहरुसँगको छलफलमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन्।

मुख्यमन्त्री राउतले भने, ‘महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सबै जिल्लालाई स्वास्थ्य सामग्रीसहित आवश्यक रकम समेत पठाई सकेको छ, अगामी दिनमा समेत कुनै कमी हुन दिने छैन।’

उनले विगतमा पठाइएको रकमहरु जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेका कारण समस्या देखिएको हुँदा अगामी दिनमा त्यसो नगर्न आग्रह समेत गरे। सबै जिल्लामा पीसीआर ल्याबसहितको अन्य सुविधाहरु एक महिना भित्रै परिपूर्ति हुने आश्वासन समेत दिए।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवल किशोर साहले कोरोना महामारी नियन्त्रणको लागि परीक्षण र उपचारका साथै जनचेतना फैलाउनु समेत आवश्यक रहेको उल्लेख गरे।

मन्त्री साहले भने, ‘यो महामारीको निदान उपचारले मात्र सम्भव छैन, सबै नागरिकलाई सचेत हुनु आवश्यक छ। त्यसका लागि जनचेतना फैलाउनु पर्दछ।’

कार्यक्रममा पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री एवं विज्ञ समूहका सदस्य डा सुरेन्द्र यादवले कोरोना महामारीको उपचारलाई अनावश्यक जटिल बनाउन खोजिएको भन्दै चिकित्सक एवं स्वास्थ्य कर्मीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गर्दै अघि बढ्न सुझाव दिए।

महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पर्सा, बारा, रौतहट र सर्लाहीका सरोकारवालाहरुसँग यसअघि नै सुझाव लिइसकेको छ भने धनुषा र महोत्तरीका सरोकारवालाहरुसँग मंगलवार सुझाव लिने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell