काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। ११ हजार १ सय २९ जनामा गरीएको पीसीआरमा ८ सय ९९ लाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म संक्रमित संख्या ३९ हजार ४ सय ६० छ। १७ हजार ८ सय २२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। सोमवार ७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ। आइतवार १२ सय २१ जनामा संक्रमण देखिएको थियो भने १४ जनाको मृत्यु भएको थियो।
