PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

रथयात्रामा झडप सरोकारवालाकै वेवास्ताका कारण भएको  वैद्य नेतृत्वको मोर्चाको आरोप



रथयात्रामा झडप सरोकारवालाकै वेवास्ताका कारण भएको  वैद्य नेतृत्वको मोर्चाको आरोप

काठमाडौं : मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को जनवर्गीय संगठन नेवा: राष्ट्रिय मुक्ती मोर्चा, नेपा: ले बिहीवार रातो मछिन्द्रनाथको रथयात्राका क्रममा प्रहरी र स्थानीयबीचको झडप सरोकारवालाहरुको वेवास्ताको परिणामबाट उत्पन्न भएको जनाएको छ।

मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै बिहीवार रथयात्राका लागि स्वस्फूर्त रुपमा पुगेका भक्तजनहरुमाथि प्रहरीले लाठी चार्ज, अश्रुग्यास, पानीको फोहोरा प्रहार गरेपछि अवस्था असामान्य भएको बताएका छन्। मोर्चाले प्रहरीले बिहीवार गरेको दमनको घोर भर्त्सना गर्ने श्रेष्ठले उल्लेख गरेका छन्।

जनतालाई विश्वासमा लिएर मलमास अघि नै जात्रा सकाउनुपर्नेमा गुठी संस्थान, प्रशासन र स्थानीय सरकार र सरोकारवाला संस्थाहरुको वेवास्ताका कारण जनतामा जात्रा नै हुँदैन कि भन्ने विचार उत्पन्न हुन पुगेको र त्यही आक्रोशलाई लिएर निषेधाज्ञाको समयमा मानिसहरु रथ तान्न भन्दै सडकमा ओर्लिएको श्रेष्ठले दाबी गरेका छन्। 

बिहीवारको एउटा घटनालाई लिएर हाल नेवारहरुको सामाजिक मनोभावनालाई भड्काउने कोसिस भएको र जातीय द्वन्द्व फैलाउने प्रयास भन्दै मोर्चाले त्यसलाई रोक्न आग्रह समेत गरेको छ। यस्तै, जनताको भावना अनुसार रथयात्रालाई सम्पन्न गर्न समेत माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell