PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

युवराज खतिवडाले दिए मन्त्री पदबाट राजीनामा



युवराज खतिवडाले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं : अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै मन्त्रीमा पुन: नियुक्त भएका खतिवडाले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।

खतिवडा गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका थिए।

संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्ती बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ। संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ। 

६ महिनापछि बिहीवार रिक्त पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई निर्णय गरेको थियो। आफू राष्ट्रियसभा सदस्य नहुने भएपछि खतिवडाले राजीनामा दिएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell