PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

जनकपुरमा रक्तदान



सुमित मिश्र

जनकपुरमा रक्तदान

जनकपुरधाम : कोरोना संक्रमणकाबीच रगत अभाव हुन नदिने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा रक्तदान कार्यक्रम आयोजना भयो। कोरोना महामारीका कारण रेडक्रसमासमेत रगतको अभाव हुन थालेपछि सोही अभावलाई ध्यानमा राख्दै वडा नम्बर ७ रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

गत सातादेखि आपत्तकालिन निःशुल्क स्वास्थ्य शिविर अभियानको आयोजना गरिएको वडा ७ मा शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेको वडा ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए। रक्तदाताहरुबाट संकलन गरिएको रगत रेडक्रसलाई जिम्मा लगाइएको उनले बताए।

सो अभियानमा धनुषाका जनकपुर युवा बिकास समिति नामक चर्चित संस्थासहित अन्य विभिन्न १४ वटा संघ संस्थाले सहयोग समेत गरेका छन्। अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल चैम्बर अफ कमर्स प्रदेश २ का संयोजक पवन ठाकुरले वडा नम्बर ७ लाई २१ हजार, समाजसेवी एवं जनकपुरधामस्थित स्वर्गद्वारीका निर्माता पवन सिंघानियाले ११ हजारको चेक प्रदान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell