PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा मुस्कानलाई गरे सहयोग, डाक्टर बन्न शुभकामना



मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा मुस्कानलाई गरे सहयोग, डाक्टर बन्न शुभकामना

काठमाडौं : संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्।

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए। एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ। नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले आइतवार ५० हजार नगद प्रदान गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्यसमेत रहेका भट्टराईको भदौ २१ गते जन्मदिन हो।

सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए। ‘मलाई विश्वास छ, तपाई भविष्यमा डाक्टर बन्नुहुनेछ। मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला,’ भट्टराईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell