PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

करिब साढे १० लाख बराबरको गहनामा प्रयोग हुने धातुसहित २ जना पक्राउ



सुमित मिश्र

करिब साढे १० लाख बराबरको गहनामा प्रयोग हुने धातुसहित २ जना पक्राउ

जनकपुरधाम : सुन, चाँदी लगायतका गरगहनामा प्रयोग हुने रसायन धातुसहित २ जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ सोनारपट्टिबाट महोतरीको मठिहानी नगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मो नुरारी लहेरीलाई पक्राउ गरेको हो।

गोप्य सूचनाका अधारमा जाँच गर्दा साइकलमा सवार दुवै जनाको साथबाट सुन, चाँदीको गहनामा रसायनको रुपमा प्रयोग हुने चाँदी जस्तो देखिने सेतो रंगको धातु अन्दाजी ५० किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। ती धातुको मूल्य अन्दाजी १० लाख ६२ हजार ५०० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धातु र बरामद गरिएको साइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell