PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

काँग्रेस महामन्त्री शशांक कोइरालामा देखियो कोरोना संक्रमण



काँग्रेस महामन्त्री शशांक कोइरालामा देखियो कोरोना संक्रमण
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालामा संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमा संक्रमण देखेको बताएका हुन्।

आफू लक्षण बिहिन रहेको भन्दै कोइरालाले चिकित्सकहरुको सल्लाह अनुसार हाल होम आइसोलेसनमा बसिरहेको बताएका छन्। कोइरालाको ह्याम्स अस्पतालमा कोभिड-१९ परीक्षण गरिएको थियो। ह्याम्सले प्रस्ट रिपोर्ट दिन नसकेपछि उनको स्वाब टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुनः परीक्षणका लागि पठाइएको थियो।

कोइरालाले फेसबुकमा आफूलाई कुनै स्वास्थ्य समस्या नरहेको बताए पनि उनी निकट काँग्रेस नेताले भने उनी बिरामी परेको बताएका छन्। केही दिनबाट ज्वरोले थला परेपछि उनको स्वाब लिइएको ती नेताले बताए।

कोइरालाले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell