PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

फागुनमा महाधिवेशन हुने देखिएन, अब केन्द्रीय समिति बोलाउँ : कृष्णप्रसाद सिटौला



फागुनमा महाधिवेशन हुने देखिएन, अब केन्द्रीय समिति बोलाउँ : कृष्णप्रसाद सिटौला
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन्।

१०७ औं विपी जन्मजयन्तीको अवसरमा पार्टीले आयोजना गरेको वेबिनारमा नेता सिटौलाले तोकिएको मितिमा महाधिवेशन नहुने देखिएको स्पष्ट पार्दै यस्तो माग गरेका हुन्।

'केन्द्रीय कार्यसमितिले जुन कार्यक्रम बनाएको छ। फागुनमा कुनै पनि हालतमा महाधिवेशन हुँदैन भनेर हामीले सन्देश पाइसकेका छौ,' सिटौलाले भने, 'त्यसैले तत्काल पार्टीको केन्द्रीय समिति बोलाएर जीवन्त छलफल गरौं।'

काँग्रेसले १४ औं महाधिवेशन आगामी फागुनमा सम्पन्न हुनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो। कोरोना महामारीको कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा पार्टीभित्र गम्भीर छलफल हुनुपर्ने बताए।

'महाधिवेशनको क्रममा हामी छौं। यो पार्टीको विस्तार पनि हो। नीति तथा कार्यक्रम बनाउने चरण पनि हो। क्रियाशिल सदस्यता र नयाँ सदस्यता वितरणको चरणमा छौं,' उनले भने, 'के गर्नाले राम्रो हुन्छ। के गर्नाले छिटो महाधिवेशन हुन्छ भन्नेबारे एक दुईपटक केन्द्रीय समितिको बैठक बोलाएर छलफल गरौं। सभापतिज्यूलाई अनुरोध गर्दछु।'

सिटौलाले पार्टीले अब कम्युनिस्ट सरकारको बेथितिविरुद्ध लड्नुपर्ने दिन आएको बताए। सरकारले अन्तर्राष्ट्रिय सम्बन्धहरु बिगारेको उनको दाबी थियो।

बीपीलाई सम्झनु भनेको नै जनताको सेवा गरी संघर्षलाई नयाँ उचाईमा लानु रहेको उनले बताए।

सिटौलाले बीपी जनताको प्रवाह बुझ्ने नेता भएको बताए। भने, 'उहाँ डायनामिक र रिभोलुसनरी नेता हुनुहुन्थ्यो। करेन्ट कता प्रवाह हुँदैछ भन्ने कुरा उहाँलाई थाहा हुन्थ्यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell