PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

महाधिवेशनबारे देउवालाई पौडेलको प्रश्न : यत्रो दिनसम्म केही नगरी बस्ने, अहिले रुवाबासी गर्ने?



महाधिवेशनबारे देउवालाई पौडेलको प्रश्न : यत्रो दिनसम्म केही नगरी बस्ने, अहिले रुवाबासी गर्ने?
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको नेतृत्वले आफ्नो कार्यकालमा केही गर्न नसकेकै कारण पार्टी संकटमा फसेको आरोप लगाएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेता पौडेलले समयवद्ध रुपमा पार्टी नेतृत्व नचल्दा पार्टी संकटमा फसेको आरोप लगाएका हुन्।

बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा पार्टीको केन्द्रीय कार्यालयले जुममार्फत आयोजना गरेको वेबिनारमा पौडेलले सयमबद्ध रुपमा काम गरेको भए यस्तो रुवाबासीको आवश्यकता नपर्ने बताए।

कोभिड-१९ महामारीका कारण काँग्रेसको १४ औं महाधिवेशन प्रभावित भएको उल्लेख गर्दै उनले भने, 'सयमबद्ध काम गरेको भए अहिले रुवाबासी गर्नुपर्दैनथ्यो नि। यत्रो दिनसम्म केही नगरी बस्नी?'

उनले पार्टीलाई कसरी संकटबाट बचाउने भनी प्रश्नसमेत गरेका थिए। 'पार्टीमाथि संकट कसले गर्दा आयो? अब कता लानी हो?'

पार्टी नेतृत्वकै कारण भ्रातृ संगठन भएको उल्लेख गर्दै पौडेलले यसलाई कसरी सम्हाल्ने हो भन्ने विषयमा नेतृत्व चिन्तिन नदेखिएको उल्लेख गरे।

पौडेलले बीपीको सिद्धान्तलाई काँग्रेसले अवलम्ब गरिरहेको दाबीसमेत गरे। 'बीपीबारे पुरा नबुझे अन्धाले हात्ती छामेजस्तै हो। बीपीको विचार काँग्रेसका नेताहरुले भुले भनेर जुन किसिमले भनेका छन्। त्यो होइन। संविधान नै विपीको विचारको निचोड हो,' पौडेलले भने।

संविधान बनाउँदाका दुखसमेत स्मरण गर्दै कम्युनिस्ट पार्टीसँग शब्दशब्दमा लडाई भएको बताए। 'संविधान निर्माणको क्रममा म कम्युनिस्टहरुले घेरामा थिए। उनीहरुले अनडेमोक्रेटिकतिर लैजान खोज्ने। म डेमोक्रेटिकतिर। शब्दशब्दमा लडाई भएको छ।'

लोकतन्त्रको पक्षमा समर्थन र सहमतिमा ल्याउन मेहनत गर्नेलाई पार्टीभित्र मुल्यांकन हुनुपर्ने पौडेलको भनाई थियो।

संविधान नै वीपीको चिन्तनको निचोड भएकोले यसलाई काँग्रेसले स्वामित्व लिनुपर्ने उनको सुझाव थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell