PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

सिरहा कारागारका ५९ जना कैदीसहित प्रदेश २ मा १६९ जनामा कोरोना पुष्टि



सुमित मिश्र

सिरहा कारागारका ५९ जना कैदीसहित प्रदेश २ मा १६९ जनामा कोरोना पुष्टि

जनकपुरधाम : प्रदेश २ मा सिरहा कारागारका ५९ जना कैदीबन्दीसहित १ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश २ मा बुधवार ३१ महिला र १ सय ३८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ३९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा बुधवार सबैभन्दा बढी सिरहाका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, रौतहटमा ३८ जना, सप्तरीमा ३४ जना, बारामा १४ जना, पर्सामा ६ जना, सर्लाहीमा ५ जना, धनुषामा ३ र महोत्तरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सिरहाको सिरहा नगरपालिका वडा नम्बर १ मा मात्रै २० वर्षदेखि ५५ वर्षसम्मका ५९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, ठाउँ नखुलेको ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, रौतहटको दुर्गा भगवती गाउँपालिकामा २२ जना, सशस्त्र प्रहरीको क्याम्प राजपुर, तुसलीमा १ जना, सशस्त्र प्रहरीको हजमिनिया क्याम्पमा १ जना, फतुवा क्याम्पमा ६ जना, यमुनामाई गाउँपालिकामा ४, गौर नगरपालिकाका २ र परोहा नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ।

सप्तरीको राजविराज नगरपालिका मिर्चैया प्रहरीका १ जना, डाक्नेश्वरी नगरपालिकाका १, छिन्नमस्ता गाउँपालिकाका ४, राजविराज नगरपालिकामा २६ जना, अनार भुवनेश्वर अस्पताल राजविराजका १ र विसनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा ६, कलैया उपमहानगरपालिकामा २, रामपुर टोकानीमा १, कोल्हवि नगरपालिकामा ३, बारागढी  गाउँपालिकामा १ र ईलाका प्रहरी कार्यालय बारागढीमा १ जनामा संक्रमण पुष्टि भएको छ। पर्साको वीरगंजस्थित भवानी अस्पतालमा १, वाटिका होटलका १, बगाहीका १, जीतपुरका १, चैनपुरका १ र निचुता पटेर्वा सुगौली गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सर्लाहीको बरहथवा नगरपालिकामा ५ जना, धनुषाको जनकपुरधाममा २, गणेशमान चारनाथ नगरपालिकामा १, प्रादेशिक अस्पताल जनकपुरमा रहेका महोत्तरीको गौशाला नगरपालिका र लोहरपट्टी नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, बुधवार यस प्रदेशमा ५ महिलासहित ५८ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन्। योसँगै प्रदेश २ मा निको हुनेको संख्या ५ हजार ९ सय ४१ पुगेको झाले जानकारी दिए।

कारगारमा ५९ जनामा संक्रमण

सिरहा नगरपालिका वडा नम्बर-१ स्थित सिरहा कारागारका ५९ जना पुरुष कैदीबन्दीहरु संक्रमित भएका छन्।

वडा नम्बर १ स्थित कारागारमा रहेका २० देखि ५५ वर्ष उमेर समूहका ५९ जना कैदीबन्दीहरुमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा कृष्णदेव यादवले जानकारी दिए। भदौ २१ गते कारागारका ८० जनाको स्वाब संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा उनीहरुमध्ये बुधवार ५९ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

कोरोनाबाट हालसम्म १ सय ६ जनाको मृत्यु

हालसम्म प्रदेश २ मा कोरोना संक्रमणबाट १ सय ६ जनाले ज्यान गुमाई सकेका छन्। प्रदेशको सबैभन्दा बढी पर्सामा ३९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

यस्तै, बारामा १६ जना, धनुषामा १२ जना, महोत्तरीमा ११ जना, सिरहामा १० जना, सप्तरीमा ८ जना, रौतहटमा ५ जना र सर्लाहीमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell