PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

क्यालिफोर्नियामा डढेलो : दिउँसै रात परे जसरी यस्तो देखियो आकाश

क्यालिफोर्नियामा डढेलो : दिउँसै रात परे जसरी यस्तो देखियो आकाश


क्यालिफोर्नियामा केही दिनदेखि लागेको डढेलोका कारण हजारौं घर जलेर नष्ट भएका छन्। डढेलो प्रभावित क्षेत्रबाट करिब २० हजार मानिसलाई स्थान्तरण गरिएको छ भने सयौँ घाइते भएका छन्। एपीका अनुसार डढेलोका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको छ।

डढेलो नियन्त्रण गर्न १ हजार जनाभन्दा बढी अग्नि नियन्त्रकका साथै हेलिकप्टर समेत परिचालन गरिएको छ। इल डोरा क्षेत्रमा आयोजना भएको एक पार्टीबाट त्यहाँ आगलागी अनियन्त्रित भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजओमले राज्यमा आपतकाल घोषणा गरेका छन्।

यो वर्षमात्रै डढेलोका कारण क्यालिफोर्नियामा ६ लाख ४७ हजारभन्दा बढी हेक्टर जमिन नष्ट भएको छ। हाल डढेलोको प्रकोप क्यालिफोर्नियासँगै अन्य राज्यहरुमा समेत फैलिएको बताइएको छ। डढेलोको कारण विभिन्न शहरहरुमा दिउँसै रात परेको जस्तो भएको भन्दै विभिन्न मिडिया र सामाजिक संजालमा तस्विरहरु देख्न सकिन्छ। 

PHOTO : AP / GUARDIAN



ट्रेन्डिङ पोस्ट

Ncell