PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

‘मिसेस जेम्स बोन्ड’ डेम डायना रिगको निधन



‘मिसेस जेम्स बोन्ड’ डेम डायना रिगको निधन
PHOTO: GAMEOFTHRONESQUOTE

अभिनेत्री डेम डायना रिगको निधन भएको छ। ८२ वर्षीया रिगकी छोरी र्‍याचेल स्ट्रिलिङले आफ्नी आमाको मृत्यु क्यान्सरका कारण भएको बताएकी छिन्। रिगले आफ्ना अन्तिम दिनहरु धेरै खुशियालीका साथ बिताएको उनले बताइन्।

'मिसेस जेम्स बोन्ड'को नामले समेत परिचित रिग जेम्स बोन्ड सिरिज अन्तर्गत सन् १९६९ मा अन हर मेजेस्टी सिक्रेट सर्भिसमा ट्रेसीको भूमिकामा देखिएकी थिइन्। जेम्स बोन्डको अफिसियल ट्वीटरबाट रिगको निधनप्रति श्रद्धान्जली व्यक्त गरिएको छ।

"We are very sad to hear of the passing of Dame Diana Rigg, the legendary stage and screen actress who was much beloved by Bond fans for her memorable performance as Tracy di Vicenzo in On Her Majesty’s Secret Service, the only woman to have married James Bond." pic.twitter.com/nqQCSg35oM

— James Bond (@007) September 10, 2020

रिगले एम्मा पिलको रुपमा टिभि सिरिज द एभेनजर्समा र गेम अफ थ्रोन्समा ओलेन्ना टायरलीको भूमिकामा गरेको अभिनय निकै प्रख्यात भएको थियो। यसका साथै रिगले अन्य थुप्रै चलचित्र र सिरिजहरुमा समेत अभिनय गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell