PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमसीसी संशोधनसहित पारित गर्ने नेकपा स्थायी कमिटीको निर्णय



एमसीसी संशोधनसहित पारित गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता संंशोधनपछि मात्रै पारित गर्ने निर्णय गरेको छ।

शुक्रवार सम्पन्न बैठकले आवश्यकताअनुसार एमसीसी संशोधन हुने सहमति गरेको हो। लामो समयसम्म एमसीसी पारित गर्न हुने र नहुने विषयमा बहस भइरहेकोमा बैठकले भने संशोधन गरी पारित हुने निर्णय गरेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकताका आधारमा संशोधन हुने जानकारी दिए।

यसअघि ओलीले एमसीसी जस्ताको त्यस्तै पारित हुने अडान लिएका थिए भने भीम रावललगायतका नेताले राष्ट्रहित वितरित भएकाले संशोधनपछि मात्रै पारित गर्नुपर्ने माग गर्दै आएका थिए। कार्यदलले तयार पारेको प्रतिवेदनमा एमसीसी संशोधनपछि पारित गर्ने प्रस्ताव गरिएको थियो। ओली प्रस्तावमा सहमत देखिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell