PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

विद्यालय र सिनेमा हलबाहेक अरु क्षेत्र असोज ५ गतेबाट सञ्चालनमा आउने



विद्यालय र सिनेमा हलबाहेक अरु क्षेत्र असोज ५ गतेबाट सञ्चालनमा आउने

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेका क्षेत्रहरु संचालन गर्ने बारेमा सरकारले तयारी थालेको छ।

आज बसकेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेपछि विद्यालय र सिनेमा हल बाहेक अरु सबै क्षेत्र संचालनमा ल्याउने तयारी गरेको एक मन्त्रीले बताए।

कोरोना भाइरसकको संक्रमणका कारण गरिएको लकडाउन र त्यसपछिको निषेधाज्ञामा समेत होटल, रेष्टुराँ, जिम हल, ब्युटि पार्लर, खेलकुद गतिविधि, स्वीमिङ पुल पूर्ण रुपमा संचालनमा आउन सकेका थिएनन्।

सरकारले असोज ५ पछि कुनकुन क्षेत्र खुला गर्ने भन्ने विषय छिट्टै प्रकाशित गर्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell