PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

नारायणकाजीप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीका सल्लाहकार थापाले कुलमानबारे भने, 'नजाने गाउँको बाटो सोध्ने झमेलामा रुचि छैन'



नारायणकाजीप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीका सल्लाहकार थापाले कुलमानबारे भने, 'नजाने गाउँको बाटो सोध्ने झमेलामा रुचि छैन'

काठमाडौँ  : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनुपर्ने विषयमा बहस जारी छ। कुलमानको पक्षमा नागरिकस्तरबाट खुलेरै समर्थन छ। कतिपयले घिसिङलाई अर्को उपयुक्त स्थान दिएर प्राधिकरणमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने पनि सुझाइरहेका छन्।

सोमबार मन्त्रिपरिषद् बैठकमा कुलमानलाई लिएर निर्णय हुन सक्ने अनुमान गरिएको थियो। तर बैठकले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकलाई लिएर कुनै निर्णय गरेन।

यता बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिङको पुनः नियुक्तिमा आफू विश्वस्त रहेको बताएका थिए। ट्वीटरमा श्रेष्ठले घिसिङको योगदान प्राधिकरणमा अझै आवश्यक रहेको पनि बताएका थिए।

 

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पार्टी प्रचार विभाग उपप्रमुख समेत रहेका सूर्य थापाले भने श्रेष्ठले ट्वीटरमार्फत दिएको अभिव्यक्तिको आलोचना गरेका छन्। श्रेष्ठ पार्टी प्रचार विभागका प्रमुख समेत हुन्।

थापाले आइतबारमात्र बिदाइ भएका घिसिङको पक्षमा खुला लबिङ गरेको भन्दै थापाले श्रेष्ठको आलोचना गरेका छन्। थापाले कुलमानको पक्ष वा विपक्षको बहसलाई नजाने गाउँको बाटो सोध्ने झमेला समेत भनेका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell