PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१० वर्षीया ड्रमरका लागि डेभ ग्रोहलले लेखे विशेष गीत



१० वर्षीया ड्रमरका लागि डेभ ग्रोहलले लेखे विशेष गीत

अमेरिकी संगीतकार डेभ ग्रोहलले १० वर्षीया ड्रमर नन्दी बुसहेलका लागि एउटा गीत लेखेका छन्।

बुसहेललाई ‘विश्वकै उत्कृष्ट ड्रमर’ भन्दै 'फु फाइटर रक लेजेन्ड' डेभले उनलाई समर्पित गर्दै गीत लेकेका हुन्।

निर्भानामा ड्रमरका रुपमा चर्चित बनेका डेभले आफ्नो लागि गीत लेखेको थाहा पाएपछि बुसहेलले आफू अच्चमित भएको प्रतिक्रिया दिएकी छिन्।

नन्दीले पाँच वर्षको उमेरमा नै ड्रम बजाउन सुरु गरेकी थिइन्। लस एन्जेलसमा द एलन शो र ओ टु एरिनामा लेन्नी क्राभिट्जसँग प्रस्तुती दिएपछि नन्दी सामाजिक संजालमा स्टारका रुपमा उदाएकी हुन्।

गत महिना नन्दीमा इनस्टाग्राममा ग्रोहललाई ट्याग गर्दै ड्रम ब्याटलका लागि चुनौती समेत दिएकी थिइन्। त्यसको दुईहप्ता पछपि ग्रोहलले नन्दीलाई थिम क्रुक्ड भलर्चर्सको डेथ इन्द फ्रेन्डस् सिक्न भनेकी थिइन्। त्यसपछि नन्दीले उक्त गीत रेकर्ड गरेपछि ग्रोहलले १० वर्षीया स्टारका लागि  विशेष गीत तयार पारेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell