PahiloPost

May 30, 2026 | १६ जेठ २०८३

लोकसभामा नेपाली बोल्दै बिजेपी सांसद राजु विष्टले भने : तेन्जिङ नोर्गेलाई भारत रत्नबाट सम्मानित गरियोस्



लोकसभामा नेपाली बोल्दै बिजेपी सांसद राजु विष्टले भने : तेन्जिङ नोर्गेलाई भारत रत्नबाट सम्मानित गरियोस्

नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमणबीच अहिले लोकसभा र राज्यसभाको बैठक बसिरहेको छ। मंगलवार भएको लोकसभा बैठकमा पश्चिम बंगालका भारतीय जनता पार्टी (बिजेपी) सांसद राजु विष्टले तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्न सरकार समक्ष माग राखेका छन्।  

नेपाली भाषामा बोल्दै विष्टले असाधारण परिस्थितिहरूका बाबजुद तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु 'आइकन' बनेको भन्दै उनलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गर्न आग्रह गरेका हुन्।

हिन्दीमा ‘म पनि मेरो कुरा मेरो मातृभाषामा राख्छु’ भन्दै विष्टले नेपाली बोलेका थिए। विष्टले भारतवर्षले कुनै व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ पाउन तेन्जिङ सर्वाधिक योग्य भएको बताएका थिए। तर हालसम्म तेन्जिङलाई उक्त सम्मान नदिइएको भन्दै उनले ‘भारत रत्न’ प्रदान गर्न माग राखेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell