PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

धनाढ्य बिल गेट्सका पिता विलियमको निधन



धनाढ्य बिल गेट्सका पिता विलियमको निधन
फोटो : Bobby Bank/WireImage/Getty Images

वासिङ्टन : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितियको ९४ वर्षको उमेरमा निधन भएको छ। हुड क्यानलस्थित निवासमा सोमवार निधन उनको भएको अमेरिकी समाचार संस्था ब्लुमबर्गले जनाएको हो। बिल गेट्सको पारिवारिक स्रोतले सोमवार उनको निधन भएको जानकारी मंगलवार गराएको ब्लुमबर्गमा उल्लेख छ।

अल्जाइमरको बिरामी गेट्स द्वितियको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो। उनको निधनपछि बिल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए। उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको बिल गेट्सले बताएका छन्।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाए। विलियम हेनरी गेट्स द्वितिय अमेरिकाको एक प्रसिद्ध वकिल थिए। उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell