PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाँच फोटोमा तीनधारा झरना वरपरका दृश्य

पाँच फोटोमा तीनधारा झरना वरपरका दृश्य


तीनधारा झरनालाई ब्याक्ग्राउन्ड पारेर फोटो खिच्न तछाडमछाड देखिन्छन्। बलिउड चलचित्र बाहुबलीमा देखिने झरनाजस्तै भएकोले कतिपयले तीनधारालाई बाहुबली झरना नामकरण पनि गरेका छन्।

यही झरनामा हिजोआज राजधानी काठमाडौंदेखि विभिन्न जिल्लाबाट मज्जा लिन पुग्ने युवायुवती देख्न सकिन्छ।

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको झरनामा आन्तरिक पर्यटकको आकर्षक केन्द्र बन्न थालेको गाउँपालिकाले जनायो।

झरना अवलोकन गर्न दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेको गाउँपालिकाले जनाएको छ।

धुलिखेल–नमोबुद्ध–दाप्चा–पिपलटार–गहते–फलामेसाँघु–नारायणटार हुँदै काफलडाँडामा रहेको तीनधारा झरना पुग्न सकिने गाउँपालिकाले उल्लेख गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell