PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

एक हप्तामा ९ हजार बढी कोरोना संक्रमित भेटिँदा ६६ जनाको मृत्यु, पीसीआर परीक्षण ‍दैनिक ११ हजार कट्न सकेन



एक हप्तामा ९ हजार बढी कोरोना संक्रमित भेटिँदा ६६ जनाको मृत्यु, पीसीआर परीक्षण ‍दैनिक ११ हजार कट्न सकेन

काठमाडौं: पछिल्लो एक हप्तामा नेपालमा ९ हजार १ सय ८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

७२ हजार ४ सय ३० वटा पीसीआर गर्दा ९ हजार १ सय ८ जनामा संक्रमण देखिएको हो। एकहप्ताको अवधिमा कोभिड १९ संक्रमणबाट ६६ जनाको मृत्यु भएको छ। साथै ७ हजार २ सय ४९ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हप्ताको संक्रमण ग्राफ

असार १ गते बिहीवार देशभर थप १ हजार २४६ जनामा संक्रमण देखिएको। १० हजार ६४१ जनाको पीसीआर गरिएकोमा १ हजार २४६ संक्रमित पहिचान भएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २४३ जनाले संक्रमण जितेका छन्।

यो हप्तामा सबैभन्दा बढी संक्रमित भदौ ३१ गते पहिचान भए। बुधवार देशभर १० हजार ४९४ जनाको पीसीआर गरिएकोमा १ हजार ५३९ जनामा संक्रमण देखिएको थियो भने ८ जनाको मृत्यु भएको थियो। यस दिन संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ६८ थियो।

भदौ ३० गते मंगलवार भने १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको थियो। मंगलवार ११ जनाको मृत्यु भएको थियो भने १ हजार ६२ जना संक्रमण मुक्त भएका थिए।

भदौ २९ गते सोमवार भने एकै दिन १५ जनाको मृत्यु भएको थियो। हालसम्म कोभिड संक्रमणबाट सबैभन्दा बढी मृत्यु यही दिन रेकर्ड गरियो। यसदिन १० हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १७० मा संक्रमण देखिएको थियो। ८७९ जना संक्रमण मुक्त भएका थिए।

भदौ २८ गते आइतवार भने हप्ताभरमा सबैभन्दा कम संख्यामा पीसीआर परीक्षण गरिएको थियो। सो दिन अरु दिनको तुलनामा भन्दा करिब एक हजार कम परीक्षण गरिको थियो। ९ हजार १६५ पीसीआर परीक्षणका क्रममा गरिएकोमा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको थियो। यसदिन १ हजार १७३ ले संक्रमण जित्दा ९ जनाको संक्रमणका कारण मृत्यु भयो।

भदौ २७ गते शनिवारको दिन कोभिड १९ संक्रमण पनि अरु दिनको जस्तै रह्यो। १० हजार १७६ पीसीआर परीक्षण गर्दा १ हजार २०१ जनामा संक्रमण भेटिएको थियो। निको हुनेको संख्या ८५२ हुँदा १४ जनाले कोरोनाको कारण ज्यान गुमाउनु परेको थियो।

भदौ २६ गते शुक्रवारको अपडेट अनुसार मृतक संख्या केही कम रह्यो। सो दिन ५ जनामा मात्रै संक्रमणका कारण मृत्यु भएको थियो। १० हजार ७०१ पीसीआर परीक्षणमा १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको थियो। यसदिन ९७२ जना कोभिड १९ संक्रमणबाट मुक्त भए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक हप्तामा कुनैपनि दिन पीसीआरको संख्या ११ हजार कटेको छैन्।

धेरैमा १० हजार ८ सय ७८ को एक दिन पीसीआर गरिएको थियो भने कममा ९ हजार १ सय ६५ को पीसीआर गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell